INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले लालीगुराँस नगरपालिका–३ मुसाङखेलका १९ वर्षीय अनिश बस्नेतलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०८० असार ३ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ४ लाख रुपियाँ जरिबाना भराउन आदेश भएको अदालतका श्रेस्तेदार पारसमणि पोखरेलले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७९ जेठ १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले ०७९ जेठ ११  गते घरबाटै गिरफ्तार गरी सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा जेठ ३० गते  शीर्षकमा मुद्दा दर्ता थियो ।

जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलेको जेठ ३० गतेको आदेशले आरोपित पुर्पक्षका थुनामा थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ जेठ १० गते गरिएको थियो ।

अन्य

भिडियो