राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा आचारसंहितलाई पुर्ण कार्यान्वयमा जोड दिन सबै लाग्नुपर्ने बताए ।
राष्ट्रिय मानव अधिकार आयोगले असार ५ गते आयोजना गरेको ‘निर्वाचन र मानव अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा सदस्य पाठकले ब्यक्तिलाई जिम्मेवार बनाएर लागे मात्र आचारसंहिता सही रूपमा कार्यान्वयन हुने बताए ।
उनले निर्वाचनलाई शान्तिपूर्ण र निर्वाचनमा सबैको सहभागी हुने वातावरण बनाउन प्रमुख जिल्ला अधिकारीले दलहरूको आमसभालाई तालिका बनाएर कार्यक्रम गर्न ब्यवस्था मिलाउन आग्रह गरे ।
सदस्य पाठकले निर्वाचनलाई स्वाच्छ र मर्यादित बनाउन निर्वाचन आयोग र मानव अधिकार आयोग विच समझदारी भएको जानकारी दिदै आयोगले पनि अनुगमन, पर्यवेक्षण गर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका कोषराज न्यौपानेले निर्वाचनमा सवैको सहभागिता बनाउने वातवरण वनाउदै निर्वाचनलाई प्रभावकारी बनाउन आयोगले अनुगमन गरिरहेको बताए । कार्यक्रम इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले निर्वाचन आचारसंहिता कार्यान्वयनमा जोड दिए ।