INSEC Online

📅 २०८३ जेष्ठ २१

यूपिआरको प्रक्रियाका बारेमा सांसदसँग अन्तरक्रिया  

विश्वव्यापी आवधिक समीक्षा (यूपिआर)को तेस्रो चक्रमा नेपाललाई प्राप्त सिफारिश र यूपिआरको प्रक्रियाका बारेमा इन्सेकले असार १ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदसँग छलफल गरेको छ ।

यूपिआर इन्फोसँगको सहकार्यमा इन्सेकले काठमाडौँमा आयोजना गरेको छलफलमा राष्ट्रिय सभाकी सांसद एवम् विधायन समितिकी सभापति जयन्ती राईले मानव अधिकारको पक्षमा सरकार र सरोकारवाला सबै मिलेर काम गर्नु पर्ने बताउनु भयो ।

photo20230616kathmandu

उहाँले मानव अधिकारको प्रत्याभूति दिने काम सरकारको भएपनि मानव अधिकारमैत्री कानुन बनाउने काम सांसदको भएको र कानुनको पालनामा सबै नागरिकको दायित्व भएको बताउनु भयो ।

यूपिआर इन्फोकी सिनियर प्रोग्राम म्यानेजर नर्गिज अरुपोभाले नागरिक संस्थाहरूको सञ्जाल इन्सेकसँगको सहकार्यमा थुप्रै गतिविधि गरिएको बताउँदै यूपिआरको प्रक्रियामा सांसदहरूले जानकारी राख्नु पर्ने उल्लेख गर्नु भयो ।

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले नेपालमा कानुनको अभाव नभएपनि कार्यान्वयनको अवस्थामा भने निकै पछि रहेको महसुस भएको बताउनु भयो ।

कार्यक्रममा सांसद सुरेश आलेमगरले यूपिआर प्रक्रिया र मानव अधिकारको अवस्था राम्रो बनाउने भूमिकामा रहेका सबै निकायले जिम्मेवारीपूर्वक काम गर्नु पर्ने बताउनु भयो ।

photo20230616kathmandu (1)

photo20230616kathmandu (2)

photo20230616kathmandu (3)

अन्य

भिडियो