INSEC Online

📅 २०८३ जेष्ठ २१

संसद भवन अगाडि प्रदर्शन गर्ने १६ जना अधिकारकर्मी गिरफ्तार

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेताहरूसहित मुख्य दोषीहरूलाई कारबाही गर्नु पर्ने र अनियन्त्रित रुपमा भइरहेको चुरे दोहन रोक्नु पर्ने मागसहित प्रदर्शनमा उत्रिएका मानव अधिकार तथा शान्ति समाजसँग आवद्ध १६ जना अधिकारकर्मीहरूलाई प्रहरीले ०८० जेठ ३२ गते गिरफ्तार गरेको छ ।

Photo_080-2-32_ Kathmandu

प्रहरीले उनीहरूलाई सङ्घीय संसद भवनको ३ नम्बर गेट नजिकैको निषेधित क्षेत्रबाट गिरफ्तार गरेको हो ।

गिरफ्तारीमा पर्नेहरूमा काठमाडौँका ६५ वर्षीय कृष्ण पहाडी, काठमाडौँका ७२ वर्षीय केदार नरसिंह केसी, काठमाडौँका ५७ वर्षीय उत्तम पुडासैनी, ललितपुरका ५३ वर्षीय चन्द्रमणि बन्जारा, काठमाडौँका ४३ वर्षीय किरण ढकाल, ललितपुरका ४५ वर्षीय बलबहादुर गाहा मगर, काठमाडौँका ४५ वर्षीय दिवाकर पुडासैनी, काठमाडौँकी ४८ वर्षीया उमा गौतम, काठमाडौँकी ४२ वर्षीया रुपा गिरी, काठमाडौँका ४६ वर्षीय विकास थापा, काठमाडौँका ५० वर्षीय तुलसीराम भण्डारी, काठमाडौँका ५२ वर्षीय दुर्गाप्रसाद सापकोटा, भक्तपुरकी ४८ वर्षीया इश्वरी नेपाल, काठमाडौँका ४५ वर्षीय उपेन्द्र कुइँकेल, काठमाडौँका ५० वर्षीय रामकृष्ण बराल र काठमाडौँका ४० वर्षीय प्रमोद फुयाँल रहेका थिए ।

गिरफ्तारीमा परेकाहरूलाई नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिनुभयो ।

Photo_080-2-32_ Kathmandu1

अन्य

भिडियो