त्रिपुरासुन्दरी नगरपालिका–७ का वडा अध्यक्ष खम्बबहादुर बुढा यार्सागुम्बा टिप्न पाटनमा गएपछि एक महिनादेखि वडा कार्यालय बन्द छ । कार्यालय बन्द भएपछि सर्वसाधारण मर्कामा परेका छन् ।
वडा अध्यक्ष बुढा यार्सा टिप्न पाटनमा गएपछि झण्डै एक महिना देखि वडा कार्यालयमा हुने दैनिकी काम थप्प भएको छ ।
वडा अध्यक्ष नहुँदा सामान्य सिफारिस देखि नागरिकता र योजना सम्झौताको सिफारिस समेत गर्न नपाउँदा समस्या परेको स्थानीय इन्द्र रोकायाले बताउनु भयो ।
उहाँले भन्नु भयो म एक सातादेखि धाए नागरिकता सिफारिस नहँदा दिदिको नागरिकता बनाउन सकेको छैन । वडा अध्यक्ष गाउँमा अथवा नगर केन्द्रमा बसि दिएको भए धेरै दुख झेल्न पर्ने थिएन ।
वडा अध्यक्ष पाटनमा जानु भएकाले धेरै सर्वसाधारण विभिन्न सिफारिसको लागि नगरमा धाउने गरेको र नगरमा रहेका वडा सचिबको काम समेत बाधा भएको नगरप्रमुख जनचन्द्र रोकायाले बताउनु भयो । वडा अध्यक्ष बुढासंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुनसकेन ।
नगरप्रमुख रोकायाले स्थानीयको गुनासोपछि छिटोभन्दा छिटो पाटनबाट घर फर्कन वडा अध्यक्षलाई पाटनमा गएका सोही वडाका मानिसहरुसंग खबर पठाइएको समेत बताउनु भयो
