नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरफ्तार परेकाहरूको पक्षमा बहस गर्ने नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका १३ जना कार्यकर्ताहरूलाई जिल्ला अदालत अगाडिबाट प्रहरीले ०८० जेठ ३१ गते गिरफ्तार गरेको छ ।

जिल्ला अदालत अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले उनीहरूलाई बबरमहलबाट गिरफ्तार गरेको हो ।
गिरफ्तारीमा पर्नेहरूमा कालिकोटका ३३ वर्षीय प्रकाश शाही, कास्कीका २९ वर्षीय प्रकाश बास्तोला, चितवनका २४ वर्षीय अटल सी, रोल्पाका २७ वर्षीय अनिल केसी, कैलालीका २५ वर्षीय लोकेश जोशी, चितवनका २४ वर्षीय अटल सी, काठमाडौँकी २८ वर्षीया तारा सन्ज्याल, रुकुमका ३० वर्षीय डीबी चन्द, सल्यानका २३ वर्षीय आदेश जङ्ग क्षेत्री, धनकुटाका २५ वर्षीय हस्त सी, काठमाडौँका २७ वर्षीय बजिर सी, काठमाडौँका २३ वर्षीय चेतन सी र बाँकेका २५ वर्षीय समिर सी रहेका थिए ।

गिरफ्तारीमा पर्नेहरूलाई प्रहरी वृत्त अनामनगरमा दुई घण्टा राखेर बेलुकी ५ बजे छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिनुभयो ।
