INSEC Online

📅 २०८३ जेष्ठ २१

माइतिघर मन्डलामा कामतद्वारा आत्मदाह प्रयास

नागरिकता पीडित सङ्घर्ष समितिसँग आवद्ध मोरङको कटहरी गाउँपालिका-४ का २५ वर्षीय निरजकुमार कामतले ०८० जेठ ३० गते माइतिघर मन्डलामा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गर्नुभएको छ ।

कामत नागरिकता माग्दै सात दिनदेखि माइतिघर मन्डलामा धर्नामा बस्नुभएको थियो ।

Photo_080-2-31_ Kathmandu1

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सिताराम रिजालले आत्मदाहको प्रयास गर्दागर्दै प्रहरीले कामतलाई उद्दार गरेको बताउनु भयो ।

एसपी रिजालका अनुसार उद्दारपछि कामतलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरको इमर्जेन्सी कक्षमा लगिएको थियो ।

अस्पतालमा उपचारारत कामतको स्वास्थ्य सामान्य रहेको राष्ट्रिय ट्रमा सेन्टरका डा. पशुपति बाबु पोखरेलले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा संसदबाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले ०८० जेठ १७ गते प्रमाणीकरण गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको नागरिकता विधेयकविरूद्ध बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने लगायतले सर्वोच्च अदालतमा जेठ १८ गते रिट दायर गर्नुभएको थियो ।

यसअघि सर्वोच्च अदालतले जेठ २१ गते सुनुवाई गर्दै राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको नागरिकता पहिलो संशोधन ऐन (२०७९) तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

Photo_080-2-31_ Kathmandu

अन्य

भिडियो