INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका-१ पोखरियाका ४८ वर्षीय नारायण प्याकुरेललाई गिरफ्तार गरेको छ ।

पीडितलाई आराेपितले ०८० जेठ २४ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले आराेपितविरूद्द साेही दिन जिल्ला प्रहरी कार्यालयमा माैखिक उजुरी दिनु भएकाे थियाे।

पीडित पक्षकाे उजुरीका आधारमा आराेपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आराेपित उच्च अदालत वीरगज्ज, इजलासमा अधिकृत पदमा कार्यरत छन्।

पीडितकाे स्वास्थ्य परीक्षण काेशी अस्पतालमा जेठ २५ गते गरिएको छ ।

अन्य

भिडियो