INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार मुद्दा मुल्तबीमा राख्ने फैसला

२४ वर्षीया महिलालाई फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीले बलात्कार गरेको भनी परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ ।

जिल्ला अदालतमा ०७९ मङ्सिर २० गते दायर भएको सो मुद्दा न्यायाधीश प्रमेश पोखरेलको ०८० जेठ २५ गतेको इजलासले मुल्तबीमा राख्रे फैसला गरेको हो ।

पीडित महिलालाई आरोपितले ०७८ जेठ २४ बलात्कार गरेको आरोपमा पीडितले ०७९ जेठ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो।

आरोपित इन्द्र नेपाली ०८० जेठ २४ सम्म गिरफ्तारीमा नपरेपछि मुद्दा मुल्तबीमा राखिएको जिल्ला अदालतका श्रेस्तेदार पारसमणि पोखरेल बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ जेठ २५ गते गरिएको थियो ।

अन्य

भिडियो