निर्वाचन बहिष्कारका लागि आन्दोलन गरिरहेका राजापा नेता तथा कार्यकर्ताहरूलाई जनकपुरको जनक चोकबाट गिरफ्तार गरेको छ ।
प्रदेश नं १, ५ र ७ का स्थानीय तहमा निर्वाचनको लागि मनोनयन दर्ता भइरहँदा राजापाले निर्वाचन बहिष्कार गरी आन्दोलन गरिरहेको छ ।
बहिष्कार आन्दोलनमा सहभागी भएको आरोपमा प्रहरीले जनक चोकबाट ४१ जनालाई गिरफ्तार गरेको जनाएको छ ।
हिजो जस्तै आज पनि राजापाले धनुषा बन्द गरेर निर्वाचनको विरोध गरिरहँदा प्रहरीले लाठी चार्ज गरी राजापाकी केन्द्रिय सदस्य सुरिता साह, सांसद दिनेश साह, विन्दू ठाकुर, सरतिा शर्मा, चन्दा ठाकुर, रेणु झा, रामजी राय, प्रमिला मण्डल, लक्ष्मी महतो, पुष्पा मिश्र, मोतीकुमारी झा, आशाकुमारी यादव, पुष्पाकुमारी यादव, सन्तनि झा, धिरेन्द्र सिंह, परमेश्वर साह, सञ्जयकुमार सिंह, रोहति चौधरी, सतिशकुमार लाल दास, सदाशिव मिश्र, लालकिशोर साह, तेजनारायण यादव, जगरनाथ मण्डल, विजयकुमार यादव, सुरेन्द्र मण्डल, रितेश सिंह, राजज्ञान मण्डल, अमर पञ्जियार, सुरेशकुमार साह, विन्देश्वर मण्डल, अरूणकुमार झा, सिताराम यादव, नवलकुमार दास, खडानन्द यादव, प्रदिप महतो, सियाराम मण्डल, भोगेन्द्रकुमार योगी, पुनर्मुद्रित झालगायतलाई गिरफ्तार गरेको छ ।
गिरफ्तारीमा परेका राजापाका नेता तथा कार्यकर्ताहरूलाई सात घण्टापछि साँझ रिहा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको । लाठी चार्जबाट केही नेताहरूलाई चोटपटक लागि सामान्य घाइते समेत भएको जनाइएको छ । धनुषा बन्दको कारण, बजार, कलकारखाना, विद्यालय प्रभावित भएका छन् । बन्दले यातायात पूर्ण रूपमा ठप्प रहेकाले यात्रीहरू मर्कामा परेका छन् ।