INSEC Online

📅 २०८३ जेष्ठ २१

काङ्ग्रेस र एमाले कार्यकर्ताबिच भएको झडपमा एमाले कार्यकर्ताको मृत्यु

छेडेदह गाउँपालिकाममा नेपाली काङ्ग्रेस र नेकप एमालेका कार्यकर्ताबिच असार ४ गते झडप हुँदा छेडेदह गाउँपालिका ५ का ५५ वर्षीय हंसबहादुर रावतको मत्यु भएको छ । मनोनयन दर्ता गर्ने क्रममा भएको दोहेरो झडपमा रावतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

झडप मनोनयन दर्ता स्थल भन्दा एक किलोमिटरको दुरीमा हरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दलबहादुर बोगटीले जानकारी दिए ।

हंसबहादुर रावत दोहोरो झडपमा परेको र घाइते भएपछि डोगडी स्वास्थ्य चौकी लगिएको थियो । डोगडीमा उपचार हुन नसकेपछि जिल्ला स्वास्थ्य कार्यलय रिफर गरिएकोमा रावतको बाटोमै मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख रुपचन्द्र बिकले जानकारी दिए ।

दोहोरो झडपमा घाइते भएका धनबहादुर नाथ र बलबहादुर रोकायको अवस्था गम्भीर रहेकाले स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेर थप उपचारका लागि अछामको बयालगडा लगिएको छ । उक्त घटनामा कति सङ्ख्यामा घाइते भएका छन् भन्ने एकीन विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बोगटीले बताए ।

बिहान आठ बजेबाट सुरु भएको उम्मेदवारीको मनोनयन दर्ता प्रक्रिया छेडेदह गाउँपालिका भन्दा अन्य सबै स्थानीय तहमा शान्तिपूर्ण तरिकाले सम्पन्न भएको प्रहरीले जनाएको छ ।

निर्वाचन कार्यालय बाजुराले निकालेको अन्तिम मतदाता नामावली अनुसार ३२ हजार ५ सय २१ पुरुष, ३२ हजार ४ सय २७ महिला र दुई जना तेस्रो लिङ्गी गरी ६४ हजार ९ सय ५० जनाले मताधिकार प्रयोग गर्न पाउने भएको जिल्ला निर्वाचन अधिकारी शुभद्रा गौतमले जानकारी दिइन् ।

जिल्ला सुरक्षा समितिले जिल्लाको सुरक्षाको लागि रणनीति अबलम्बन गरिसकेको अवस्थामा यस्तो घटना हुँदा त्यस क्षेत्रको सुरक्षा कडा पारिएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिए । जिल्लाभर रहेका ९२ मतदान केन्द्र मध्ये ३३ ओटा मतदान केन्द्र अति सम्वेदनशील, ३० ओटा सम्वेदनशील र नौ ओटा सामान्य रहेको विश्लेषण गरी सोही अनुसार सुरक्षाको प्रबन्ध गरीएको छ ।

अन्य

भिडियो