INSEC Online

📅 २०८३ जेष्ठ २१

लाठी जुलुससहित निस्केका राजपाका १५ जना कार्यकर्ता गिरफ्तार

उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन असार ३ गते निर्वाचनको विरोध गर्दै लाठी जुलुसमा निस्केका राजपाका १५ जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । राजपाका कार्यकर्तालाई नेपालगञ्जस्थित त्रिभुवन चोकबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

गिरफ्तार पर्नेमा राजपाका जिल्ला अध्यक्ष केशवराम वर्मा, जिल्ला नेता लक्ष्मीनारायण वर्मालगायत १५ जना रहेका छन् ।

निर्वाचन सुरक्षामा बाधा गर्न खोजेको आरोपमा उनीहरूलाई गिरफ्तार गरेको जनाउँदै निर्वाचन गतिविधिमा अवरोध गर्नेलाई कानुनले छुट नदिने जिल्ला प्रहरी कार्यालयका एसपी टेकप्रसाद राईले बताए । गिरफ्तार सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो