४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ ९ गते ठुलोबुबा नाता पर्ने ४४ वर्षीय पुरुषलाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले पटक पटक र अन्तिम पटक जेठ ७ गते बलात्कार गरेको भन्दै असल छिमेकी सहयोग सङ्घ नेपाल (गोनेसा)ले आरोपित विरूद्ध जेठ ९ गते प्रहरीमा उजुरी दिएको थियो ।
आरोपितलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलयक कास्कीका महिला तथा बालबालिका सेल कि असइ समीक्षा घिमिरेले बताउनुभयो ।
बालिकाको स्वास्थ्य परीक्षण जेठ ९ गते गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको छ ।