जिल्ला सरदमुकाम मान्ममा एक महिनादेखि खानेपानीको अभाव भएको छ । बजारमा आउने खानपानीको मुहान भत्कीएपछि खानेपानीको समस्या भएको हो । एक महिनादेखि खानेपानीको समस्या भएपछि बजारबासीले ०८० जेठ ९ गते खाँडाचक्र नगरपालिका कार्यालय घेराउ गर्नुका साथै नगर प्रमुखको ध्यानाकर्षण गराएका छन् ।
नगरपालिका प्रमुख कमल शाहीलाई ध्यानाकर्षपत्र बुझाउदै स्थानीय नयनबहादुर शाहीले एक महिनादेखि पानी नआएको बताउनु भयो । साथै उहाँले गाडीबाट पानी ओसारेर आपूर्ति गर्दै आएको गुनासो गर्नु भयो ।
खाँडाचक्र नगरपालिका प्रमुख कमल शाहीले धारामा पानी नआएर आफू समेत पीडित रहेको बताउनु भयो । साथै उहाँले खानेपानीको समस्याका बारेमा प्रमुख प्रशासकीय अधिकृतलाई बुझ्न निर्देशन दिनु भयो ।
सदरमुकाममा कार्यालयमा दैनिक आउने सेवाग्राहीका लागि शौचालयमा प्रयोग गर्नसमेत पानी गाडीमार्फत खोलाबाट पानी ल्याएर शौचालयमा राख्ने गरिन्छ ।
खाँडाचक्र नगरपालिका–१, मान्मबजारका हिरामणी चौलागाँइले खानपानीको मुहान नियमित मर्मत नहुँदा सधैँ समस्या भइरहेको बताउनुभयो । खानेपानीको समस्या समाधानका लागि नगरपालिकाले चाँसो नदिएको गुनासो गर्नु भयो ।

