INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१२ का २५ वर्षीय कालुराम चौधरीलाई जेठ ७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ ३ गते यौन दुर्व्यवहार गरेको भन्दै बालिकासँगै खेल्ने साथीहरुले पीडितकी आमालाई जेठ ६ गते सुनाएपछि पीडितकी आमाले सोही दिन जेठ ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरी डरत्रास दिएका कारण बालिकाले घटनाका बारेमा जानकारी नगराएको भए पनि साथीहरुले सुनाएपछि आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितकी आमाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई जेठ ७ गते गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलाली डिएसपी कुलदिप चन्दले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ७ गते सेती प्रादेशिक अस्पताल धनगढीमा गएिको पीडितकी आमाले बताउनु भयो ।

अन्य

भिडियो