INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २० वर्षीय काकालाई जेठ ४ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले जेठ ४ गते दिएको उजुरीको आधारमा आरोपितलाई घरबाट गिरफ्तार गरी जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ४ गते महाकाली प्रादेशिक अस्पतालमा गरिएको छ ।

एक वर्षदेखि कोठा भाडामा लिएर काकासँगै बस्दै आएकी बालिकालाई ललाइफकाइ तथा डरत्रास दिएर काकाले नै बलात्कार गर्दै आएको पीडित बालिकाले आफ्नो साथीलाई बताएपछि घटना सार्वजनिक हुन गएको शान्ति पुनर्स्थापना केन्द्रका संयोजक मनिसा न्यौपानेले बताउनु भयो ।

पीडितको स्वास्थ्य अवस्था समान्य रहेको र बालिकालाई गड्डाचौकीस्थित शान्ति पुनर्स्थापना केन्द्रमा राखिएको पुनर्स्थापना केन्द्रका संयोजक न्यौपानेले बताउनु भयो ।

अन्य

भिडियो