INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महाँकाल गाउँपालिका–५ ठुलादुर्लुङका ४२ वर्षीय मङ्गल बरामलाई ०८० जेठ २ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख १९ गते ललाइ फकाई आरोपितको निवासमा लगि बलात्कार गरेको भन्दै वैशाख २० गते पीडितकी आमाले प्रहरी वृत्त चापागाउँमा उजुरी दिनु भएको थियो ।

घटनापछि लुकिछिपि बसेका आरोपितलाई उनकै निवासबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी परिसर जावलाखेलका प्रवक्ता एवम् डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २ गते पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि शाक्यले बताउनु भयो ।

जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको डिएसपी साहले जानकारी दिनुभयो ।

अन्य

भिडियो