INSEC Online

📅 २०८३ जेष्ठ २१

वडा अध्यक्षका उम्मेदवारद्वारा प्रशासनसँग सुरक्षाको माग

राजपुर गाउँपालिका-७ का माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार ३४ वर्षीय भिम वलीले आवश्यक सुरक्षाको व्यवस्था मिलाइदिन स्थानीय प्रशासनसँग माग गरेका छन् ।

पीडित वलीलाई जेठ ३० गते राष्ट्रिय अनुसन्धान प्रहरीका असई ३७ वर्षीय लालबहादुर खड्काले उम्मेदवारी फिर्ता नलिए मार्ने धम्की दिएको भन्दै पीडित पक्षले जिल्ला प्रशासन कार्यालयमा जेठ ३१ गते सुरक्षाको व्यवस्था मिलाइदिन अनुरोध गरेका हुन् ।

नेपाली काङ्ग्रेसको तर्फबाट राजपुर गाउँपालिका-७ नम्वर वडाका अध्यक्षका उम्मेदवार भिमबहादुर खड्काका छोरा लालवीरले आफ्नो बुवाको प्रचारका क्रममा प्रयोग गरेका ९८५८०२५९२३ र ९८४७८०७८५५ नम्वरको फोन र म्यासेजमा उम्मेदवारी फिर्ता नलिए मार्ने धम्की दिएको पीडितले बताए ।

राष्ट्रसेवक कर्मचारी खड्काले कुनै दलका उम्मेदवारको गाउँगाउँमा गएर प्रचार गरेको भिडियो सार्वजनिक भएपछि उनले भिमबहादुरलाई उम्मेदवार फिर्ता लिन भन्दै धम्क्याउन थालेको पीडितले बताए ।

प्रशासनले घटनाको अनुसन्धान सुरू गरिएको बताएको छ । नेकपा माओवादी राजपुर चुनाव परिचालन समितिकी संयोजक लीला शर्माले जेठ ३१ गते विज्ञप्ति प्रकाशित गर्दै उम्मेदवारमाथि आएको धम्कीको भत्सर्ना गर्दै दोषीलाई कारबाहीको माग गरेकी छन् ।

अन्य

भिडियो