INSEC Online

📅 २०८३ जेष्ठ २१

उपचारका लागि जेलरले अवरोध गरेको कैदीबन्दीको आरोप

मोरङ कारागारका जेलर ध्रुवप्रसाद कोइरालाले कैदीबन्दीहरूलाई उपचारका लागि अस्पताल जान अवरोध गरेको आरोप कैदीबन्दीहरूले लगाएका छन् ।

जेठ १ गते नौ जना कैदीबन्दीलाई उपचारका लागि कोशी अस्पताल लैजान खोज्दा जेलर कोइरालाले अवरोध गरेको कैदीबन्दीले आरोप लगाएका छन् ।

नियमित स्वास्थ्य जाँचका लागि कोशी अस्पतालमा कैदीबन्दीलाई लैजान खोज्दा जेलरको अवरोध गर्दै आरोपमा कैदीबन्दीहरूले जेठ १ गतेदेखि जेलरविरूद्ध आन्दोलन थालेका छन् ।

जेलर कोइरालाको सरूवा माग गर्दै कैदीबन्दीले आन्दोलनको थालनी गरेका हुन् ।

कारागारमा रहेका शेहंशा भनिने अब्दुल खताब, सुरेश मेहता, रफुँल मियाँ, दीपक दास, बलबहादुर नेपाल, कमल श्रेष्ठ, ओमप्रकाश मण्डल, अक्षय मण्डल, शाहिद मियाँ, काजीमान पुरी, शक्ति मण्डल र मोहम्मद जहाँगिरलाई नियमित उपचारका लागि कोशी अस्पताल जान खोज्दा जेलरले अवरोध गरेको कैदीबन्दीको आरोप छ ।

जेलरविरूद्ध विभिन्न किमिसका प्लेकार्ड बोकी कैदीबन्दीले आन्दोलन गरेका छन् ।

कारागारका जेलर ध्रवुप्रसाद कोइरालले कैदीबन्दीहरूले लगाएको आरोपमा निराधार रहेको बताउनु भएको छ ।

जेलर कोइरालाले जेठ १ गते नौ जना कैदीबन्दीलाई नियमित स्वास्थ्य जाँचका लागि कोशी अस्पताल लैजाने कार्य तालिका भएपनि उनीहरूलाई कैदीबन्दीले बाहिर निस्कन नदिएकाले अस्पताल लैजान समस्या भएको बताउनु भयो ।

‘कैदी बन्दी प्लेकार्डसहित आन्दोलनमा उत्रिएका छन्’ कोइरालाले भन्नुभयो तर, प्रशासनलाई औपचारिक रूपमा जानकारी दिइएको छैन ।

‘हामीले त नियमित रूपमा बिरामी भएका कैदीबन्दीलाई कोशी अस्पतालमा लैजाने गरेका छौं’ कोइरालाले भन्नुभयो ‘तर, आज उहाँहरूले बिरामी भएका नौ जना  कैदीबन्दीलाई उपचारका लागि अस्पताल लैजान दिनुभएन ।’

कारागार व्यवस्था ऐन २०७९ को दफा २२ अनुसार कैदीबन्दीलाई उपचारमा लग्ने गरेको जेलर कोइरालाको भनाइ छ ।

हाल मोरङ कारागारमा  १ हजार ६३ जना  कैदीबन्दीलाई राखिएको छ ।

Photo 20230516 Morang

अन्य

भिडियो