१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले लालीगुराँस नगरपालिका–२ का २७ वर्षीय राजन लिम्बूलाई ११ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०८० वैशाख २९ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट २० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार पारसमणि पोखरेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितलाई आरोपितले ०७९ भदौ ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज ६ गते इलाका प्रहरी कार्यालय वसन्तपुरमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले ०७९ असोज ६ गते घरबाटै गिरफ्तार गरी जिल्ला अदालतमा असोज १३ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलेको ०७९ असोज १३ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ असोज ६ गते गरिएको थियो ।