INSEC Online

📅 २०८३ जेष्ठ २१

वातावरण संरक्षणको माग गर्दै सडक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र कायापलटले सप्तरीको शम्भनाथनगरपालिका ६ र ७ मा फोहोर र प्रदूषण अन्त्य गर्न तथा वातावरण संरक्षण गर्न माग गर्दै वैशाख २२ गते वृहत प्रदर्शन गरेको छ ।

अधिकारकर्मी, युवा, विद्याथीहरूको सहभागितामा कठौनास्थित राजमार्ग, बुद्ध चोक, तिनकुने चौकमा प्लेकार्डसहित जुलुस प्रदर्शन गर्दै युवाहरूले “प्लाष्टिक म्यान क्याम्प्यिन”को आयोजना गरेको छ ।

जुलुसमा सहभागीहरूले पृथ्वीको संरक्षण गरौं, भविष्य जोगाऔ‌‌, प्लाष्टिक प्रयोग नगरौ, जथाभावी फोहोर नफालौ, हरित गृह ग्यास उत्सर्जन बन्द गरौ, वायु प्रदूषण अन्त्य गरौलगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए । पछिल्लो समय वातावरण प्रदूषणले आक्रान्त बनेको नेपाल विश्वमै पहिलो प्रदूषित शहर बनेको छ ।
IMG_20230505_181509

सहभागीहरूले सडकमा हिडिरहेका नागरिकहरूसँग वातावरण संरक्षणको आवश्यक्ता र नागरिकको जवाफदेहिता बारे छलफल समेत गरेका थिए ।

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवान, इन्सेक सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेल, कार्यक्रम संयोजक बरुण बस्याल, शिक्षकहरू, कायापलटका अभियन्ताहरू, मधेस प्रदेशस्तरीय र शम्भुनाथ नगरस्तरीय मानव अधिकार समूहका पदाधिकारीहरू, बाल अधिकार सचेतना समूह सदस्यहरूको सहभागिता रहेको थियो ।

IMG_20230505_180007

IMG-20230506-WA0044 IMG_20230505_180218

अन्य

भिडियो