INSEC Online

📅 २०८३ जेष्ठ २१

डियूटीमा रहेका सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार, आरोपित गिरफ्तार

दोधाराचाँदनी नगरपालिका– कन्चनभोज झोलुङ्गे पुल क्षेत्रमा डियूटीमा खटिएका सशस्त्र प्रहरी बलका सई नरेन्द्रसिंह चैसिरलाई वैशाख २२ गते राति यूवाहरुको समुहले खुकुरी प्रहार गरी घाइते बनाएका छन् । ।

रातिको समयमा घुमिरहेका युवाहरुलाई किन? यसरी हिडेको भन्दा युवाहरुको समुहले खुकुरी प्रहार गरेर भागेको खुकुरी प्रहारबाट घाइते हुनु भएका कञ्चनभोज बिओपीका सई चैसिरले बताउनु भयो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जना यूवाहरुलाई वैशाख २३ गते गिरफ्तार गरी अनुसन्धान भइरहेको र फरार आरोपितहरुको खोजी कार्य जारीरहेको ईलाका प्रहरी कार्यालय, दोधाराचाँदनीका इन्स्पेक्टर अर्जुन साउदले बताउनु भयो ।

गिरफ्तार हुनेमा दोधराचाँदनी नगरपालिका–७ का २० वर्षीय रोहन बयक, २७ वर्षीय अजय वयक, २३ वर्षीय दिपक विष्ट, १९ वर्षीय रोशन नेपाली र २३ वर्षीय विक्रम नेपाली रहेका छन् ।

खुकुरी प्रहारबाट हातमा चोट लागि घाइते हुनु भएका सशस्त्र प्रहरी बलका सई चैसिरको स्वास्थ्य उपचार वैशाख २२ गते जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो