१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–८ तिलाचौर टोलका १९ वर्षीया पारस देउवा ठकुरीलाई वैशाख १५ गते सीमानाका गड्डा चौकीबाट गिरफ्तार गरेको छ ।
वैशाख १४ गते साँझ पीडितलाई घर भन्दा केही टाँढा खेतवारीमा बोलाएर बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध वैशाख १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको र बालिकाको स्वास्थ्य अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका इन्स्पेक्टर लोकेन्द्रसिंह ठगुन्नाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको अंकलका अनुसार पीडितलाई आरोपितले बलात्कार गरेपछि खोलामा फाल्दा पीडित बालिकाको कम्मरमा सामान्य चोट समेत लागेको र बालिकाकोे स्वास्थ्य परीक्षण महाकाली प्रादेशिक अस्पतालमा वैशाख १४ गते राति नै गरिएको पीडितका काकाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।