INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्लाका दुई मतदानस्थल अति संवेदनशील, नौ ओटा संवेदनशील

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्ला सुरक्षा समितले जिल्लाका दुई मतदान स्थललाई अति संवेदनशील मतदान स्थालको रूपमा सूचीकृत गरेको छ ।

सितगङ्गा नपा ८ (साविकको जलुके गाविस) को चापँदीप मतदान केन्द्र र पाणिनी गाउँपालिका-५ (साविकको मैदान गाविस) को भर्तपुर मतदान केन्द्रलाइ अति संवेदनशील मानिएको छ । त्यसैगरी अन्य नौ ओटा मतदानस्थल संवेदनशील र बाँकीलाई सामान्य मानिएको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ ।

भौगोलिक विकटता, सुरक्षा अवस्था, सडकको पहुँच, र यातायातको अवस्था, र तराईसँग जोडिएका भूभाग विगतका नर्वाचन, आदिका आधारमा मतदानस्थालाई तीन प्रकारले वर्गिकरण गरिएको प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी पोख्रेलले भने-‘मतदान केन्द्रको वर्गिकरणको आधारमा सुरक्षाको व्यावस्था मिलाइएको छ । सुरक्षा व्यावस्था राम्रो बनाइएको छ । अझै प्रभावकारी बनाउने तयारीमा छौँ । निर्वाचनमा खटिने कर्मचारीदेखि स्थानीय स्तरको शान्ति सुरक्षा प्रदान गर्न सुरक्षा निकाय तयार छ ।’

जिल्लामा १ सय ६६ मतदान केन्द्र र ९३ मतदान स्थल रहेका छन् । १ लाख २६ हजार ६ सय ९९ जना मतदाता मतदान गर्ने प्रक्रियामा सहभागी हुँदैछन् ।

अन्य

भिडियो