INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७, १८ वर्ष उमेर समुहका आधा दर्जन भन्दा बढी छात्राहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गोदावरी नगरपालिका–१ अत्तरिया निवासी एसपीए क्याम्पसका प्रध्यापक ५६ वर्षीय चेतराज भट्टलाई वैशाख ११ गते गिरफ्तार गरेको छ ।

पीडित छात्राहरुलाई आरोपितले वैशाख ६ गतेदेखि निरन्तर रुपमा सामाजिक सञ्जालमार्फत रातिको समयमा अश्लिल शब्द प्रयोग गर्दै अश्लित भिडियो पठाई यौन दुर्व्यवहार गर्दै आइरहेको जानकारी प्राप्त भएपछि वैशाख ११ गते घटनाका बारेमा प्रहरीमा उजुरी दिएको एसपीए क्याम्पसका प्रमुख योगराज उपाध्याय गौतमले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोेपितलाई वैशाख ११ गते एसपीए क्याम्पस परिसरबाट गिरफ्तार गरी अनुसन्धान तथा उजुरी दर्ता गर्ने तयारी भइरहेको जिल्ला  प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर खगेन्द्र साउदले बताउनु भयो ।

पीडित छात्राहरुको स्वास्थ्य परीक्षण वैशाख १२ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिने तयारी रहेको पीडितका संरक्षक शिक्षकले बताउनु भयो ।

अन्य

भिडियो