२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रसुवा गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीका २८ वर्षीय ग्याल्सन तामाङलाई प्रहरीले ०८० वैशाख ४ गते गिरफ्तार गरेको छ ।
आरोपितले पीडित महिलाको बालबच्चालाई विदेशका विभिन्न विद्यालयमा छात्रवृत्तिमा पढाउन पठाएर सहयोग गर्ने प्रलोभन देखाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
आरोपितले पीडित महिलालाई विदुर नगरपालिका–१ ढुङ्गेस्थित एक होटेलमा ०७९ चैत ३० गते बलात्कार गरेको भनि जिल्ला प्रहरी कार्यालयमा पीडितले वैशाख २ गते उजुरी दिएकी थिइन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन त्रिशूली अस्पतालमा भयो ।
आरोपितलाई खोजी गर्ने क्रममा विदुर नगरपालिका–१० बेत्रावतीबाट गिरफ्तार गरि घटनाको अनुसन्धान थालिएको डिएसपी खड्काले बताउनु भयो ।