INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीद्वारा लघुवित्त पीडितमाथि अश्रुग्याँस प्रहार

मुग्लिन बजारमा राजमार्ग छेकेर बसेका लघुवित्त पीडितहरूमाथि चितवन प्रहरीले ०८० वैशाख ४ गते अश्रुग्याँस प्रहार गरेको छ ।

प्रहरीमाथि ढुङ्गा प्रहार हुन थालेपछि अश्रुग्याँस प्रहार गरिएको चितवन प्रहरी प्रमुख रामेश्वर कार्कीले बताउनु भयो ।

गण्डकी, बागमती र लुम्बिनी प्रदेशबाट पीडितहरू विरोध गर्न भन्दै वैशाख ३ गते मुग्लिन बजारमा जम्मा भएका थिए । उनीहरूले सडकमै पकाउने, खाने र सुत्ने गरेको प्रमुख कार्कीले जानकारी दिनुभयो ।

लघुवित्तसँगको कारोवारमा आफूहरू ठगिएको भन्दै पीडितहरू सङ्घर्षरत छन् ।

Photo_080-1-4_Chitwan

अन्य

भिडियो