३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हेटौँडा उपमहानगरपालिका-८ का ४१ वर्षीय नेपाली कांग्रेस निकट पत्रकार इन्द्र प्रसाद बन्जरालाई प्रहरीले ०७९ चैत ३० गते गिरफ्तार गरेको छ ।
आरोपित बन्जराले चैत २९ गते आफूमाथि जबरजस्ती करणी गरेको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा चैत ३० गते लिखित उजुरी दिएकी थिइन् ।
पीडित महिलाको सोही दिन हेटौँडा अस्पतालमा स्वास्थ्य परीक्षण भयो ।
जाहेरी परेको पुष्टि गर्दै बन्जरालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले जानकारी दिनुभयो ।