हनुमाननगर कङ्कालिनी नपा–५ योगिनियाकी २५ वर्षीया रिन्जुकुमारी चौधरीको शरीरमा ३५ वर्षीया जेठानी उर्मिलादेवी चौधरीले चैत २९ गते तातो पानी खन्याएर घाइते बनाएको आरोपमा पीडितका पति पप्पुकुमार चौधरीले सोही दिन इलाका प्रहरी कार्यालय हनुमाननगरमा उजुरी दिनु भएको छ ।
खाना बनाउँदै गरेका बेला घरायसी विवादका कारण पीडितको शरीरमा आरोपितले तातो पानी खन्याएपछि रिन्जु घाइते भएको पीडितका पति पप्पुले बताउनु भयो ।
राजविराजमा उपचार हुन नसके पछि घाइतेलाई उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको उहाँका पति पप्पुकुमार चौधरीले बताउनु भयो ।
हनुमाननगरबाट प्रहरी टोली घटनास्थल पुग्दा आरोपित फरार भएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेशकुमार सिंहले बताउनु भयो ।