१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका २६ वर्षीय निरज राईलाई ११ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश सुभाषबाबु पुरीको चैत १३ गतेको आदेशले कैद सजायको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार रामाकान्त यादवले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७७ भदौ १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
आरोपितलाई प्रहरीले ०७९ असोज ६ गते गिरफ्तार गरी सोही दिन जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश सुभाषबाबु पुरीको ०७९ असोज ६ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७७ भदौ १२ गते गरिएको थियो ।