INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागार भवन हस्तान्तरण नहुँदा कैदी बन्दीहरूलाई छिमेकी जिल्लामा चलानी गर्न बाध्य

मुगुकाे नव निर्मित कारागार भवन हस्तान्तरण नहुँदा कैदी बन्दी राख्ने ठाँउ नभएपछि छिमेकी जिल्ला जुम्ला चलानी गर्न बाध्यता रहेको छ । भवन डिभिजन कार्यालय जुम्लाले मुगु कारागार भवन ०७० साल देखि निर्माण थालेदेखि ०७३ सालमा सम्पन्न भएकाे हाे । जिल्ला कारागारका तीन ओटा भवन हाल सम्म भवन डिभिजन कार्यालय जुम्लालाई ठेकेदार पक्षले बुझाइ सकेको भएपनि डिभिजन कार्यालय जुम्लाले  कारागार भवन मुगु कारागारलाई हस्तान्तरण गरकेकाे छैन ।

३ करोड रुपिँयामा बनेको कारागार भवन ०७३ मा निमार्ण सम्पन्न भई सकेको हो । भवन डिभिजन कार्यालय जुम्लाले हाल सम्म पनि कारागार भवन मुगुलाई हस्तान्तरण नगर्दा जिल्लामा कैदी बन्दी तथा थुनुवालाई राख्ने ठाँउ नभएपछि उनीहरुलाई जुम्ला जिल्ला कारागारमा चलान गर्नु पर्ने बाध्यताले कैदी बन्दी तथा थुनुवाका घरपरिवारलाई भेटघाटको समस्या हुनुका साथै कैदी बन्दी चलान गर्दा कार्यालयलाई थप आर्थिक भार परिरहेको छ । एक जना कैदी वा थुनुवालाई जुम्ला सम्म पु¥याउन ९० हजार रुपियाँ सम्म खर्च व्यर्होनु पर्ने बाध्यता छ ।

गएको आर्थिक वर्ष र यो आर्थिक वर्षमा विभिन्न अपराधमा संलग्न ३८ जनालाई  मुगु जिल्ला अदालतबाट जुम्ला कारागारमा चलान गरिएको कारागार मुगुको तथ्याङ्कमा छ ।

१५ जना क्षमता भएको कारागार भवन हस्तान्तरण नगर्दा  कैदी बन्दी तथा थुनुवालाई जुम्ला कारागारमा चलना गर्नु पर्ने बाध्यताले कैदी तथा थुनुवाका घरपरिवाहरु भेटघाट गर्न दुई दिन लगाए जुम्ला पुग्नु पर्ने बाध्यता पनि रहेको कैदी बन्दी तथा थुनुवाहरुका घरपरिवारले गुनासो गर्दे आएका छन ।

जिल्लामा कैदी  तथा थुनुवालाई बन्दिगृहका उनीहरुका घरपरिवार भेटघाट तथा कानुनी उपचारकालागि वकिलहरु लिएर दुई दिन पैदल लगाएर जुम्ला पुग्नु पर्ने बाध्यता संगै आउदा जाँदा १५ हजार रुपियाँ सम्म खर्च हुने गरेको जुम्ला कारागारमा कर्तव्य ज्यानसम्बन्धी कैद भुक्तान गर्दै गरेका ५८ वर्षीय कृपाराम बुढुवालका छोरा अकल बुढुवालले बताउनु भयो । आफनै जिल्लामा कैदी बन्दी र थुनुवा राख्ने कारागारको भवन भए  म जस्तैहरु कैदी बन्दिका घरपरिवारले दुख पाँउदैन थिए उहाँले गुनासो गर्नु भयो ।

भवन निर्माण भएपनि यसको सुरक्षाकालागि लामो समय सम्म पर्खाल घेरबार निर्माण हुन सकेको छैन । अहिले पर्खाल र घेरबारकालागि भवन डिभिजन कार्यालय जुम्लाबाट काम अगाडी बढिरहेको छ । ०७९ भदौ महिनाबाट एक वर्ष भित्र सम्पन्न गर्ने गरी निर्माण हुदैछ । पर्खाल घेरबार निर्माण सम्पन्न हुनसाथ हस्तान्तरण भएपछि कैदी बन्दी  र थुनुवाहरूलाई कारागारको आफनै भवनमा  राख्न सकिने कारागार कार्यालय मुगुका प्रमुख धनराज कार्कीले बताउनु भयो ।

Photo20230412Mugu

अन्य

भिडियो