INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

६० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा इन्द्रावती गाउँपालिका-१ सिंपालकाभ्रेका ५३ वर्षीय आइतराम तामाङलाई प्रहरीले ०७९ चैत २८ गते गिरफ्तार गरेको छ ।

आरोपितले चैत २१ गते इन्द्रावती गाउँपालिका-१२ स्थित पीडितको घरमा गई बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

पीडितकी बुहारीले चैत २४ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण सोही दिन नवलपुर अस्पतालमा भयो ।

अन्य

भिडियो