INSEC Online

📅 २०८३ असार ११

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बेलकोटगढी नगरपालिका–११ बस्ने ४९ वर्षीय शम्भु कार्कीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ०७९ चैत २० गते उजुरी दर्ता गराएका छन् ।

पीडितलाई आरोपितले साउन १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएका हुन् ।

आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर दिलिपकुमार हुमागाईले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण चैत २० गते त्रिशूली अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो