सुस्त मनस्थितिकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खंगविरुद्ध प्रहरीले चैत १७ गते उजुरी दर्ता गरेको छ ।
पीडितका बुबाले दिएको उजुरी इलाका प्रहरी कार्यालय कञ्चनरुपले दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । आरोपितकी साली मुर्ति देबी खंगको तिरहुत गाउँपालिका–२ स्थित घर कोठामा थुनेर कात्तिक ७ गते देखि पटक–पटक बलात्कार गरेका कारण गर्भवती भएको पीडितले बताउनु भएको छ ।
पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा चैत १२ गते भएको छ । आरोपित हालसम्म गिरफ्तार भएका छैनन् । आरोपितविरुद्ध पक्राउपुर्जी जारी भएको छ ।
सर्वोच्च अदालतद्वारा द्वन्द्वपीडित पूर्णप्रसादको मुद्दामा लिखित जवाफ दिन आदेश
सर्वोच्च अदालतले द्वन्द्वपीडित पूर्र्णप्रसाद पौडेलको मुद्दामा विपक्षी नेपाल सरकार, प्रधानमन्त्री