INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन जना कारागार चलान

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध ०७९ चैत ७ गते काठमाडौँ महानगरपालिका–१० थापागाउँमा नाराबाजी गर्ने क्रममा गिरफ्तार भएका तीन जना युवा चैत १३ गते कारागार चलान भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले चैत ८ गते गिरफ्तारीमा परेका सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई अभद्र व्यवहार मुद्दामा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरी वृत्त नयाँ बानेश्वरलाई अनुमति दिएको थियो ।

सोही मुद्दामा काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले चैत १२ गते रिहाईका लागि आरोपितसँग पाँच हजार रुपैयाँ धरौटी माग गरेका थिए ।

तर प्रमुख जिल्ला अधिकारीले तोकेको धरौटी रकम तिर्न अश्वीकार गरेपछि आरोपितहरूलाई केन्द्रीय कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिनुभयो ।

कारागार चलान भएका तीनैजना नेपाल स्वतन्त्र युवा अभियान समूहमा संलग्न रहेको एसपी रिजालले बताउनु भयो ।

अन्य

भिडियो