INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी हिरासतबाट फरार भएका थुनुवा गिरफ्तार

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतको पर्खाल फुटएर ०७९ माघ १६ गते फरार भएका हातहतियार तथा खरखजाना मुद्दाका आरोपित ३६ वर्षीय शंकर सिंह महतोलाई फागुन २९ गते गिरफ्तार गरेको छ । थुनुवा कक्षबाट फरार भएका ६ जना मध्ये हालसम्म पाँच जनालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय धनुषाबाट संयुक्त रुपमा परिचालन भएका प्रहरी टोलीले पर्साको वीरगञ्ज महानगरपालिका–१६ ईनर्वास्थित भन्सार हुँदै भारत तर्फ भाग्ने क्रममा महतोलाई गिरफ्तार गरेको डीएसपी गौतमले बताउनुभयो । आरोपितलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई थप अनुसन्धान कार्य भइरहेको डिएसपीले बताउनभुयो ।

अन्य

भिडियो