INSEC Online

📅 २०८३ जेष्ठ २१

कामदाहरूले एक वर्ष सम्म पनि ज्याला पाएनन्

त्रिपुरासुन्दरी नगरपालिकामा सम्पन्न भएको एक योजनामा काम गरेका कामदाहरूले एक वर्ष सम्म पनि ज्याला नपाएको गुनासो गरेका छन ।

त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुरासुन्दरी भगवती मन्दिरको क्षेत्रफलमा पर्यटन प्रवर्धनात्मक कार्यक्रम अन्तरगत पर्यटन प्रवेशद्वार खानेपानी धारा तथा पर्खाल निर्माण योजनामा काम गर्ने कामदारले योजना सम्पन्न भएको एक वर्ष वितिसक्दा समेत ज्याला नपाएका हुन ।

योजना निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष धनलक्ष्मी कठायतका पति भुवनसिं कठायतले योजनाको ४८ लाख रुपियाँ बैकवाट भुक्तानी लगेर पनि कामदारलाई काम गरेको ज्याला झण्डै नौ लाख रुपैया दिएका छैन्न । कामको जिम्मा लिएका ठेकदार केसव बुढाथोकीले आफुले २०७८ असार मसान्त भित्रमा धारा शौचालय गेट तथा प्रवेशद्वार निर्माण कार्य सम्पन्न गर्ने गरी नौ लाखमा कामको जिम्मा लिएर योजना सम्पन्न गरीदिएको एक वर्ष वितिसक्दा समेत सम्झौता अनरुपको रकम नपाएको बताउनु भयो ।

उहाले भन्नु भयो पटक पटक सम्पर्क गर्न खोज्दा समेत भुवनसिं कठायत सम्पर्कमा नआएकाले निजलाई बोलाई आवश्यक कारवाही गरि रकम असुल गरिपाँउ भनि जिल्ला प्रशासन कार्यालयमा ०७९ फागुन २२ गते  निवेदन दिएको बताउनु भयो । अर्का कामदार नैनामति बुढाले आफुसहित २४ जनाले काम गरेको ज्याला नपाएर अन्यायमा परेको बताउनु भयो ।

उपभोक्ता समितिका अध्यक्ष दिलमाया विष्टले आफ्नो हस्ताक्षर समेत चेकमा गराएर रकम झिकेर जिल्ला बाहिर रहेकाले सम्पर्कमा नआएको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोख्रेलले ज्याला नपाएको भन्ने व्यहोराको निवेदन आएको तर रकम लिएर जिल्ला बाहिर रहेका कठायत सम्पर्कमा नआएकाले सम्पर्कमा आउने वित्तिकै छलफल गराएर रकम दिलाउन लगाउने बताउनु भयो ।

Photo20230314Dolpa

अन्य

भिडियो