१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-११ बस्ने ३६ वर्षीय रामकुमार दनुवारलाई ०७९ फागुन २२ गते प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपितले फागुन २० गते पीडितलाई स्थानीय कोइरलाटारको बाटोमा हिँडिरहेको अवस्थामा यौन दुर्व्यवहार गरेको पीडितको आरोप छ ।
पीडितले फागुन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन चौतारा अस्पतालमा भएको थियो ।