१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथर जिल्ला, फिदिम नगरपालिका –३ स्थायी घर भई आठराई गाउँपालिका–१ चण्डालमा बस्दै आएका ५६ वर्षीय नरेन्द्रकुमार राईलाई फागुन १८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७९ मङ्सिर २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्व फागुन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
आरोपितले आफ्नो नातीसँग बिवाह गराई दिन्छु भनि प्रलोभनमा पारेर बलात्कार गरेको पीडित बालिकाका दाजुले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि आठराई गाउँपालिका–१ चण्डालबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर छे फिञ्जो भोटेले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन १८ गते गरिएको छ ।