INSEC Online

📅 २०८३ जेष्ठ २१

बालअधिकार मञ्चद्धारा सरोकारवालाको ध्यानाकर्षण

बालअधिकारको लागि नागरिक समाज (बालअधिकार मञ्च) कास्कीले पछिल्लो समयमा बालबालिकामाथि हुने हिंसाका घटनामा वृद्धि हुँदै गएको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

मञ्चले प्रमुख जिल्ला अधिकारी टेकबहादुर के.सी., पोखरा महानगरपालिकाका प्रमुुख धनराज आचार्य, जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी श्रवणकुमार वि.क. र श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख सुरेश ढकाललाई फागुन १६ र १७ गते भेटी ध्यानाकर्षण पत्र बुझाएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), शान्तिका लागि नागरिक समाजको संजाल, बालहितकारी परियोजना नेपाल, असल छिमेकी सहयोग संघ (गोनेसा), पोखरा उद्योग वाणिज्य संघ बालश्रम न्यूनीकरण कार्यक्रम, एड्भोकेसी फोरम पोखरा, सिवीन नेपाल लगायतको संस्थाका प्रमुखहरूको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।

पछिल्लो समय पोखराका विभिन्न स्थानमा सञ्चालित खाजाघरहरूमा १८ वर्षमुनिका बालिकाहरू राखी उनीहरूलाई जोखिमपूर्ण कार्यमा लगाउने गरेको तथा कतिपयले बालिकाहरूलाई घर भाडामा नै लिएर राख्ने र ग्राहकको माग अनुसार उनीहरूलाई ओसारपसार गर्ने पाइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

यसैगरी १४ वर्ष मुनिका बालबालिकाहरूलाई बालश्रममा लगाउने गरेको पाइएको, पोखरा ५ खुँडेपोखरीमा डुबेर ४ वर्षीय बालकको मृत्यु भएको, फागुन ९ गते पोखरा सेती दोभानस्थ्ति सेनाको प्रशिक्षणमा फेला परेको बिस्फोटक पदार्थ खेलाउँदा २ जना बालक घाइते भएको र घटनाको बारेमा सेनाबाट नै फरक फरक धारणा आएको भन्दै यसलाई गम्भीर रूपमा लिनुपर्ने मञ्चको माग छ ।

पोखराका विभिन्न स्थानमा सञ्चालिकत स्केट पार्कहरूमा बालबालिकाको आकर्षण बढ्दै गएको र उनीहरू त्यसबाट जोखिमपूर्ण गतिविधिमा संलग्न हुने गरेको पाइएको भन्दै सम्बन्धित पक्षले निगरानी तथा अनुगमन गर्न मञ्चले माग गरेको छ  ।

167756448323616775644832411677564483242

अन्य

भिडियो