निर्वाचन विरोधी क्रियाकलापमा सङ्लग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी इलामका इञ्चार्ज पुष्प भट्टराई (त्रिलोचन)लाई जेठ २२ गते गिरफ्तार गरेको छ ।
आसन्न स्थानीय तहको निर्वाचन विरोधी गतिविधि गरेको र स्थानीय तहका कार्यालयका साइनवोर्ड फ्याँक्ने कार्यमा संलग्न भएको पाइएपछि उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।
यसअघि निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सोही पार्टीका नगरपालिका-९ का झरेन्द्र बराल र देउमाई नगरपालिका-८ का दिलिप बराल, ओमप्रकाश घर्ती, इलाम जीतपुरका सालु बुढाथोकी र उनका पति धनबहादुर मगरलाई पनि प्रहरील गिरफ्तार गरेको थियो ।