INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिक हत्या घटनाको आरोपित गिरफ्तार

भरतपुर महानगरपालिका–११ गणेशस्थान बस्ने ७८ वर्षीया आमा मिना कुमारी घलेको हत्या गरेको आरोपमा ४० वर्षीय पुरन घलेलाई प्रहरीले ०७९ फागुन ११ गते गिरफ्तार गरेको छ ।

मिना कुमारी आफ्नै घरको कोठामा टाउकोमा चोट लागी मृत अवस्थामा रहेको प्रहरी प्रवत्ता डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो । आमा छोराको विवाद हुँदा लाठीले टाउकोमा प्रहार गरी हत्या गरेको डिएसपी पण्डितले बताउनुभयो ।

मादक पदार्थ सेवन गरी फागुन १० गते दाउराले हानेर फरार भएका आरोपितलाई खोजतलास गर्दा फागुन ११ गते बिहान घर नजिकै लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले गिरफ्तार गरेको डिएसपी पण्डितले बताउनुभयो ।

शवको पोष्टमार्टम फागुन ११ गते भरतपुर अस्पतालमा गरियो ।

चितवन जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी पण्डितले जानकारी दिनुभयो ।

अन्य

भिडियो