राजपा नेपालले दोश्रो चरणको स्थानीय निर्वाचन विथोल्नका लागि जेठ २२ गते पत्रकारहरूसहितको जन-आन्दोलन परिचालन समिति गठन गरेको छ ।

राजविराज नगरपालिकासहित सप्तरीको विभिन्न नगरपालिका तथा गाउँपालिकामा स्थानीय तह निर्वाचन बहिष्कारको लागि राजपाका वरिष्ठ नेता मृगेन्द्रकुमारसिंह यादव तथा सह-महामन्त्री जयप्रकाश ठाकुरसहितको उप-समितिमा ६ सदस्यीय संयोजक मण्डलसहित १ सय ५१ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको हो ।
गठित संयोजक मण्डलीय संयोजकमा ललन मिश्रा, लक्ष्मण यादव, दिपेन्द्र चौधरी, अमरकान्त झा, शैशव राजु, साधना झा रहेका छन् भने सह-संयोजकमा बसन्त साहलाई चयन गरिएको छ ।
राजविराज नगरपालिका अन्तर्गत १५ वडाका सदस्यहरूमा नेपाल पत्रकार महासङ्घ सप्तरीका कोषाध्यक्ष शुभचन्द्र झा, सहसचिव चन्दनकुमार यादवसहित नेत्रविक्रम साह, मनोज यादव, विपिन कर्ण, बैद्यनाथ दास, शिवनन्दन साह, विरेन्द्र यादव, सत्येन्द्र देव, सुर्यनारायण यादव, पशुपति दास, दिनेश साह, विनोद चौधरी, कृष्णानन्द झा रहेको सदस्य फणिकान्त झाले बताए ।
यसैगरी बोदेबर्साइन नगरपालिका, शम्भुनाथ नगरपालिका, सुरुङ्गा नगरपालिका, डाक्नेश्वरी नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, छिन्नमस्ता गाउँपालिका, तिलाठी कोइलाठी गाउँपालिकालगायतका ठाउँमा जनआन्दोलन परिचालन कमिटी गठन गरिएको राजपा केन्द्रीय सचिव नेत्रविक्रम साहले जानकारी दिए ।