INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चौतारा सागाचोकगढी नपा-२ का १४ वर्षीय बालकलाई ०७९ फागुन १ गते प्रहरीले घरबाट गिरफ्तार गरेको छ ।

आरोपित बालकले माघ २३ गते चौतारा सागाचोकगढी नपा-२ स्थित बानिछाप जङ्गलमा यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

पीडित बालिकाको आमाले माघ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनुभयो ।

पीडितको माघ २५ गते चौतारा अस्पतालमा स्वास्थ्य परीक्षण गरियो ।

अन्य

भिडियो