INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया अपाङ्गता सुत्केरी महिलालाई बलात्कार गरेको आरोपमा ज्वालामुखी गाउँपालिका–४ ढोला बडडाँडा का ५५ वर्षीय अर्जुन प्रसाद दुवाडीलाई प्रहरीले ०७९ माघ २७ गते गरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले माघ ११ गते बलात्कार गरेको उजुरीमा पीडितले उल्लेख गर्नुभयो ।

शारीरिक र मनोसामाजिक समस्यामा परेकी महिलालाई सुत्केरी अवस्थामा बलात्कार गरेको आरोपमा माघ २७ गते जिल्ला प्रहरी कार्यालय धादिङमा पीडितले उजुरी दिनुभएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपि श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

आर्थिक अवस्थामा समस्या रहेको परिवार बच्चा बोकेर उजुरी दिन आएका थिए ।

पीडितको माघ २७ गते धादिङ अस्पतालमा स्वास्थ्य परीक्षण भयो ।

अन्य

भिडियो