INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारको घटनाको उजुरी दर्ता

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कञ्चनरूप नगरपालिका–१० बदगामा भौडाहा टोलका ३० वर्षीय चन्दन खत्वे विरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरूपले माघ २४ गते उजुरी दर्ता गरेको छ ।

घरको दक्षिण तर्फको कोठामा एक्लै सुत्ने गरेकी पीडित निदाएका बेला माघ ११ गते राती प्रवेश गरेका आरोपितले गर्भमा रहेको बालक मारि दिने धम्की दिई बलात्कार गरेको पीडितले बताउनु भयो ।

पीडितका पति मजदुरी गर्न तीन महिना अघि भारतको पञ्जाब गएको र पीडित सासु, ससुरासँग बस्दै आउनु भएको छ । बलात्कार गरेका आरोपित टाटीबेरा भत्काई भागेको पीडितले बताउनु भयो । पीडितले माघ १२ गते इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी दिएपछि सोही दिन पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भएको छ ।

आरोपित फरार रहेको र खोजतलाश भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरूपले जानकारी दिएको छ ।

 

अन्य

भिडियो