स्थानीय तह निर्वाचनमा पार्टी प्रचारमा हिँडेका नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले म्याङलुङ नगरपालिका-१ का नेकपा एमालेका कार्यकर्ता विवेक भगत प्रधानाङ्गलाई कुटपिट गरेको आरोपमा म्याङलुङ-९ बस्ने तीन जना युवालाई जेठ १९ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले म्याङलुङ नगरपालिका-९ का २६ वर्षीय विकास लिम्बु, २६ वर्षीय सागर लिम्बु र १८ वर्षीय नविन लिम्बुलाई गिरफ्तार गरी घटनाको सुक्ष्म अनुसन्धान गरिहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी भागेन्द्रपुरुष ढकालले बताए ।
हेलमेट प्रहारबाट पीडितको अनुहार र टाउकोमा चोट लागेकोले जिल्ला अस्पतालमा जेठ १९ गते उपचार गरिएको छ । पीडित प्रधानाङ्गका अनुसार जेठ १९ गते सडकमा रोकी राखेको मोटरसाइकल सार्ने विषयमा विवाद भएपछि काङ्ग्रेसका कार्यकर्ताले हेलमेट प्रहार गरेर घाइते बनाएको पीडितको भनाइ छ ।