२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा अदानचुली गाँउपालिका–३ घर भई हाल सूर्यबिनायक नगरपालिका–९ मिलनचोक बस्ने १९ वर्षीय गगन परियारलाई प्रहरीले ०७९ माघ १९ गते भक्तपुरको जगातीबाट गिरफ्तार गरेको छ ।
किशोरीलाई ललाई फकाइ सूर्यबिनायक नगरपालिका–९ नंखेल लाकुरी भञ्ज्याङस्थित बन्देश्वरी जङ्गलमा लगेर ०७९ माघ १८ गते बलात्कार गरेकाे भन्दै पीडित परिवारले माघ १९ गते प्रहरी परिसर भक्तपुरमा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भक्तपुर अस्पतालमा माघ १९ गते गरियो ।
घटनाका आरोपितबारे अनुसन्धान भइरहेको प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिनुभयो ।