INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई ०७९ माघ १८ गते बलात्कार गरेको आरोपमा मुगु सोरु गाँउपालिका घर भई हाल सूर्यबिनायक नगरपालिका–९ पलासे बस्ने २१ वर्षीय भक्त नेपालीलाई प्रहरीले ०७९ माघ १९ गते भक्तपुर बाँसघारीबाट गिरफ्तार गरेको छ ।

बालिकालाई ललाइ फकाइ सूर्यबिनायक नगरपालिका–९ नंखेल लाकुरी भञ्ज्याङस्थित बन्देश्वरी जङ्गलमा लगेर बालिकालाई बलात्कार गरेकाे भन्दै आरोपितविरुद्ध पीडित पक्षले माघ १९ गते प्रहरी परिसर भक्तपुरमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भक्तपुर अस्पतालमा माघ १९ गते गरियो । बलात्कार घटनाका आरोपितबारे अनुसन्धान भइरहेको प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिनुभयो ।

अन्य

भिडियो