INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका फरार कसुरदार गिरफ्तार

बलात्कार घटनाका फरार कसुरदार बारेकोट गाँउपालिका–९ का ७१ वर्षीय कालीबहादुर महतारालाई प्रहरीले ०७९ माघ १४ गते गिरफ्तार गरेको छ ।

उच्च अदालत सुर्खेतले ०७९ साउन ३० गते महतारालाई नौ बर्ष कैद र ५० हजार रुपियाँ जरिवानाको फैसला सुनाएको थियो । अदालतको फैसलापछि कसुरदार फरार हुँदै आएका थिए ।

१० वर्षीया बालिकालाई ०७७ असोज ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले उनलाई ०७७ असोज १४ गते गिरफ्तार गरेको थियो ।

जिल्ला अदालत जाजरकोटले महतरालाई सफाई दिएपछि उनी २०७८ असार २७ गते जेलबाट छुटेका थिए ।

जिल्ला अदालतको फैसलामा चित्त नबुझेपछि पीडित पक्षले पुनरावेदन दिएका थिए । जिल्ला अदालतले गरेको फैसला उल्टयाउँदै उच्च अदालत, सुर्खेतले कालीबहादुरलाई जेल सजाय र जरिवाना तोकेपनि उनी फरार हुँदै आएका थिए ।

कसुरदार लुकिछिपी घरमा बसेको सूचनाका आधारमा प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका डीएसपी सन्तोष निरौलाले जानकारी दिनु भएको छ ।

जिल्ला अदालतको आदेश अनुसार कसुरदार ०७९ माघ १५ गते कारागार चलान भएका छन् ।

अन्य

भिडियो